अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३० दिन युद्ध विराम गर्ने सहमति

कोल्हवी न्यूज
२०८१ फाल्गुन २८, बुधबार ०७:०० गते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। गेट्टी इमेज

साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३० दिन युद्ध विराम गर्ने सहमति जनाएको छ।

युक्रेन जल, जमिन र हवाई युद्ध रोक्नका लागि तयार भएको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका उप प्रमुखले अमेरिकाले फेरि सैन्य सहयोगलाई निरन्तरता दिने सहमति समेत भएको बताएका छन्।

अमेरिकी विदेश मन्त्रीले बल रुसको कोर्टमा पुगेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई फेरि ह्वाइट हाउमसा आमन्त्रण गर्न तयार रहेको बताएका छन्। राष्ट्रपति जेलेन्स्की समावेश नभएको सो वार्तामा उनको प्रतिनिधित्व आन्द्रे यारमाकले गरेका थिए।

सो वार्तापछि जेलेन्स्कीले पोस्ट गरेको भिडियोमा तीन कुरा प्रमुख छन्। आकाश, जल र जमिनमा शान्ति, बन्दीको रिहाइ तथा अपहरण गरिएका युक्रेनका बालकको रिहाइ पहिलो चरणमा युक्रेनले राखेको शर्त हो। पहिलो चरणमा ३० दिनको युद्ध विराम भएमा अर्को चरणका लागि समेत तयार भएको उनले बताएका छन्।

अमेरिकी विदेश मन्त्री मार्क रुबियोले ८ घण्टा लामो वार्ताको विषय खनिज सम्झौता नभएको बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*