बारा मोटीसरमा ई–रिक्सा र मोटरसाइकल ठोकिँदा चार जना घाइते
२०८१ फाल्गुन २५, आईतवार १५:०३ गते
बाराको मोटीसरस्थित बोलबम फिड उद्योग नजिक ई–रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना भन्दा बढी घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको बारा प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीले उक्त क्षेत्रमा सवारी दुर्घटना बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।
घाइतेहरूको पहिचान खुल्न बाँकी रहेकाप्रहरीले जनाएको छ ।










