बैंकीङ कसुरका फरार प्रतिवादी चौधरी अझै पक्राउ परेनन्

डि.पी. घिमिरे
२०७८ भाद्र १०, बिहीबार १७:१२

भाद्र १०, बारा । उच्च अदालत पाटनबाट बैंकीङ कसुर मुद्धामा कैद विगो र जरिवानाको सजाय पाएका जनक प्रसाद चौधरीलाई प्रहरीले पक्राउ नगर्दा कानुनको धज्जी उडेको छ भने पिडीतले झन् पिडामा परेको गुनासो गरेका छन् । जिल्ला बारा साविक बच्छनपुर्वा गा.वि.स. वडा नं.१ हाल कोहल्वी नगरपालिका वडा न. ११ थस्कौल घर भएका रामजि प्रसाद चौधरीका छोरा ३५ बर्षिया जनक प्रसाद चौधरीले क्यामेराको सामान ल्याउने भन्दै गोरखा जिल्ला ताङ्लीचोक ४ हाल २ नम्बर वडाका ४० बर्षिया मान बहादुर परियारसँग रु ७ लाख ठगेर भागेका थिए । ठगेर हिडेका चौधरी अझै पनी भागीभागी हिडेपछि पिडित परियारले २०७४ चैत्र १५ गते काठमाडौको गोपीकृष्ण हल नजिक भेटेको र चौधरीसँग आफुले दिएको पैसा माग्दा परियारलाइ ज्योतीे विकास बैंक सरस्वती नगर शाखाको ७ लाख भुक्तानी चेक दिएको र सो रुपैया साट्न जाँदा खातामा पैसा नभएको भनी फर्काईदिएपछि पिडितले चेक बाउन्स गरी बैंकीङ कसुर अपराधको मुद्धा दर्ता गरेको र उच्च अदालत पाटनले चौधरीलाई विगो जरिवाना सहित कैदको फैसला गरेको थियो ।
उच्च अदालत पाटनको संयुक्त वाणिज्य ईजलासका न्यायधिस मुहम्मद साविर हुसैनको ईजलासले २०७६ मंसिर २९ मा चौधरीलाई ७ लाख विगो र ७ लाख जरिवाना सहित २८ हजार थप जरिवाना साथै कैद हुने फैसल्ला गरेको थियो । सो फैसल्ला कार्यान्वयन गर्न जिल्ला अदालत बारालाई सक्कल मिसील सहित पठाएपनि हाल सम्म प्रतिवादी चौधरी पक्राउ नपरेको र आफु काठमाडौ बारा धाउदा धाउदै हरिकंगाल भएको पिडीत परियारले कोल्हवि न्युजलाई दुखेसो पोखेका हुन् । यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रसँग बुझ्दा अदालतको फैसल्ला र वारेन्टको पत्र पाउनसाथ अदालतको फैसल्ला आफुहरुले कार्यान्वयन गर्ने कोल्हवी न्युजलाई बताए । प्रतिवादी चौधरी काठमाडौँमा बसी अन्य व्यक्तिहरुलाई पनि फिल्म खेलाईदिने भनी रु १ लाख देखी ५ लाख सम्म लिई फरार रहेको र निजले धेरै व्यक्तिलाई ठगेको पिडित परियारले बताएका छन् । आफुसँग रहेको सानो गाडी बेचेर दिएको पैसा ४ बर्ष सम्म पनि नपाउदा आफु बेरोजगार भई परिवार पाल्न आफै ऋणमा डुबेको कोल्हवी न्युजलाई बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*