रौतहटको फतुवा-बिजयपुर ५ बैरगनियाका यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

कोल्हवी न्युज
२०८१ फाल्गुन २३, शुक्रबार ११:४० गते

कोल्हवी:बारामा बसको ठक्करबाट शुक्रवार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका १४ स्थित बघवनमा बसले ठक्कर दिँदा रौतहट फतुवा बिजयपुर नगरपालिका ५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादवको मृत्यु भएको हो ।

बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना६ख ५०६७ नम्बरको बसले ना३९प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घटनालगत्तै मोटरसाइकल चालकलाई कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् ।

मृतक यादवको शव शल्यपरिक्षणका लागि कलैया अस्पतालमा राखिएको छ । प्रहरीले मोटरसाइकललाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*