मोटरसाइकलमा सवार मकवानपुरका दुई जना लागू औसध सहित बारा प्रहरीको नियन्त्रणमा

कोल्हवी न्युज
२०८१ फाल्गुन २१, बुधबार १९:४३ गते

कोल्हवी:ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराको प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले आफ्नै कार्यालय अगाडि चेक प्वाईन्टमा हेटौंडाबाट वीरगँज तर्फ जादै गरेको मोटरसाइकलमा सवार मकवानपुरका दुई जनालाई लागू औसध सहित नियन्त्रणमा लिएको छ।

प्रहरिले बा.प्रदेश ०३-००३ प ३१२६ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकललाई रोकी चेक जाँच गर्दा सिटमुनी लुकाई छिपाई लगी रहेको निम्न बमोजिम लागू औषध अफिम जस्तो पदार्थ वरामद गरी मानिस समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरिले जनाएको छ।

प्रहरीले मो.सा.चालक जिल्ला मकवानपुर राक्सिराङ गा.पा.वडा नं.१ बस्ने बर्ष २७ को सुनिल मोक्तान र निजको पछाडी सवार जिल्ला मकवानपुर भिमफेदी गा.पा.वडा नं.३ बस्ने बर्ष २० को हर्क रुम्बा रहेको र उनिहरुको साथ बाट२ किलो ०४१ ग्राम लागू औषध अफिम जस्तो पदार्थ ४ प्याकेट बरामद गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*