मकवानपुरकाे मनहरिमा नवजात शिशुको शव फेला

कोल्हवी न्यूज
२०८१ फाल्गुन २१, बुधबार १३:५५ गते

तस्बिर : असोक लामाको फेसबुकबाट ।

मकवानपुरको पश्चिमी क्षेत्र मनहरि गाँउपालिकामा नवजात शिशुको शव फेला परेको छ ।

मंगलबार साँझको समयमा मनहरी–७ स्थित डम्पिङसाइटमा सालनालसहितको नवजात शिशुको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार फेला परेको नवजात शिशु छोरी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नवजात शिशु कसले फाल्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*