मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार थापाको मृत्यु, ट्रक चालक प्रहरीको नियन्त्रणमा

कोल्हवी न्यूज
२०८१ फाल्गुन १९, सोमबार १७:२९ गते

मकवानपुर मनहरीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज सोमबार विहान अन्दाजी ९ बजेको समयमा ट्रकको ठक्करबाट घाईते भएका मोटरसाईलको पछाडी सवार चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवा बस्ने ५६ बर्षीय निम बहादुर थापाको उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट टाउकोमा चोट लागि गम्भीर भएका थापालाई मनहरी अस्पताल पुर्‍याइएकोमा विहान ९ः२५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–७, मनहरी पुल स्थित पुर्ब पश्चिम सडकखण्डमा चितवनबाट हेटौंडातर्फ आउदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ आउदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिँई दुर्घटना हुँदा थापासँगै मोटरसाईकल चालक ५५ वर्षीय रामजी गौतम घाईते भएका थिए ।

चालक गौतमको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै ट्रक र ट्रक चालक बाराको जितपुर सिमरा–२१ अम्लेखगंज बस्ने ३९ वर्षीय ओम प्रसाद खनाल इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*