भाषाविद् चूडामणि गौतमको निधन

कोल्हवी न्यूज
२०८१ फाल्गुन १३, मंगलवार १०:२३ गते

‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ।

गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो।

गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ।

अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे।

गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए।

त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोष’ पनि सार्वजनिक गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*