फोनिज बाराको सपथ ग्रहण तथा प्रमाणपत्र बितरण कोल्हवीमा सम्पन्न
कोल्हवी:नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराका निर्वाचन कमिटीका सह संयोजक भुवन चौधरी थारूको अध्यक्षतामा तथा कोल्हवी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र बितरण कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रम बाराको कोल्हवी नगरपालिकाका वडा नम्बर ३ रमणीय तथा पर्यटकीय स्थल पथलहवाघाटमा सम्पन्न भएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराले नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
फोनिज मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरी,कोल्हवी नगरपालिकाका उप नगर प्रमुख लक्ष्मी चौधरी,कोल्हवी नगरपालिकाका वडा न.१ का वडा अध्यक्ष राजहरन चौधरी,वडा नम्बर ३ का वडा अध्यक्ष किसुनदयाल चौधरी,वडा नम्बर १० का वडा अध्यक्ष कुञ्ज बिहारी चौधरी,कोल्हवी नगरपालिका वडा न. ४ का वडा अध्यक्ष विष्णुप्रसाद मैनाली,नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष विरेन्द्र चौधरी,ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक किसन बस्नेत,समाजसेवी सञ्जय चौधरी,नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सचिव गुरु प्रसाद गौतम,संचारकर्मी सन्तोष पाण्डे,गोकुल घोरसाईने,जितलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
कार्यक्रमको संचालन बिनिता चौधरीले गरेकी थिइन भने स्वागत मन्तव्य ईन्दिरा चौधरीले गरेको थियो । धिरेन्द्र पनुहरको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ।








