अवैध १०४ भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान अमृतसर पुग्यो

कोल्हवी न्यूज
२०८१ माघ २३, बुधबार १६:४५ गते

अमेरिकामा अवैध बसोबास गरिरहेका १०४ जना भारतीयलाई बोकेर अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

डोनाल्ड ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि अमेरिकामा अवैधरूपमा बसोबास गर्ने भारतीयलाई देश निकाला गरिएको यो पहिलो घटना हो ।

अमेरिकी सेनाको सी–१७ हरक्युलिस विमानमा राखेर उनीहरूलाई अमृतसर ल्याइएको हो । यसअघि उक्त विमानमा २०५ जना भारतीय रहेको बताइएको थियो । विमान अवतरण गरेपछि त्यहाँ १०४ जनामात्र रहेको खुलेको हो ।

विमानमा रहेकामध्ये ३० जना पन्जाब, ३३ जना गुजरात, ३३ जना हरियाणा, तीन जना यूपी र तीन जना महराष्ट्रका छन् । यस्तै, चण्डीगढका दुई जना रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*