बेलायतका राजकुमार एडवार्ड आज श्रीमतीसहित नेपाल भ्रमणमा आउँदै
बेलायतका राजकुमार एडवार्ड मंगलबार (आज) श्रीमतीसहित नेपाल भ्रमणमा आउने भएका छन्।
एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले जानकारी दियो । उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई(बुहारी हुन् । उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेका हुन् ।
गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।
राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचलन गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ।
बेलायती राजपरिवारको वेब साइडमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो।राजकुमार एडवार्ड र उनको टोली माघ २७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको सुरक्षा स्रोतले बतायो।










