सर्लाहीमा नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ

कोल्हवी न्यूज
२०८१ माघ २०, आईतवार १४:२९ गते

नेपाली नक्कली नोटसहित भारतीय नागरिकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको इश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारत, विहार राज्य, सीतामढी जिल्ला, पुरान्दा राजबाडा ग्राम पञ्चायत–९ का २७ वर्षीय मुकेशकुमार सोनीलाई पक्राउ गरिएको हो।

सर्लाही प्रहरीका अनुसार पक्राउ परेका सोनीको साथबाट नेपाली रुपैयाँ १ सय दरका २९ थान र ५ सय दरको १ थान नक्कली नोट बरामद गरिएको छ।

सुकनाहा बजारस्थित एक किराना पसलमा सामान किन्दा उनले नक्कली नोट प्रयोग गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। सोनीले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ।

प्रहरीले पक्राउ परेका सोनीलाई मलंगवा अदालतमा म्याद थप गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*