भारतमा सवारी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु, चार घाइते
भारतमा जारी महाकुम्भ मेला हेरेर फर्किएका नेपाली सवार भारतीय स्कापिओ गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।
जसमा महोत्तरीका अर्चना ठाकुर, ईन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक सिराहाका शम्भु ठाकुर छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार घाइते हुनेमा मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी छन् । उनीहरुको स्थानीय श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।
धनुषाको सीमा नजिकै बीआर ३२ पीए ४६६१ नम्बरको भारतीय गाडी दुर्घटना भएको र सोबारे भारतीय पक्षले धनुषा प्रहरीलाई जानकारी गराएको बताइएको छ ।
प्रहरीका अनुसार गाडी तीव्र गतिमा चलाइएको र मोटरसाइकललाई जोगाउने क्रममा सडक डिभाइडरमा ठोक्किएको हो ।
स्रोतका अनुसार स्कोर्पियो गाडी क्षतिग्रस्त भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा गाडीको एयरब्याग नखुलेका कारण क्षति भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।










