प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ६ लाखसहित एक जना पक्राउ

कोल्हवी न्यूज
२०८१ माघ १७, बिहीबार १५:१७ गते

जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ६ लाख रकमसहित एक जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट एक जनालाई पक्राउ गरेको हो ।

आदर्शनगर भएर जाँदै गरेको बिआर ०५ क्यु ४३८४ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकलमा सवार भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम वडा नम्बर १४ बस्ने २७ वर्षीय ओम कुमार रौनियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रौनियारलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलको लेगार्डमा गोल्ड प्रिमियम जिरा राईस लेखिएको प्लाष्टिकको बोरामा लुकाईछिपाई राखिएको रकम फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । उनकाअनुसार बोराबाट नेपाली ५ सय दरका नोट १२ सय थान गरी जम्मा ६ लाख रकम फेला परेको हो ।

रौनियारलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को (क बमोजिमे कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*