महोत्तरीको भंगहा नगरपालिका चार रामनगर बिर्तामा दुई दिने बुक बस कार्यक्रम सम्पन्न

कोल्हवी न्युज
२०८१ माघ २, बुधबार १९:४६

महोत्तरी:महोत्तरीको भंगहा नगरपालिका चार रामनगर बिर्तामा दुई दिने घुम्ती पुस्तकालय (बुक बस) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ कार्यक्रम अमेरिका दूतावास (यूएस एम्बेसी) र कारखाना समूहको पहलमा तथा महोत्तरी युवा संजालको समन्वयमा सम्पन्न गरिएको हो।

बुक बस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा पढाइप्रतिको रुचि बढाउनुका साथै खेलकुदको माध्यमबाट सिकाइको अवधारणा स्थापित गर्नु हो। विशेष गरी सामुदायिक विद्यालय र पछाडि परेका समुदायहरूलाई लक्षित गर्दै यो कार्यक्रम बागमती, सुदूरपश्चिम, र मधेश प्रदेशमा सञ्चालन भइरहेको छ।

भंगहा नगरपालिका-०४ मा सम्पन्न उक्त कार्यक्रममा २०० भन्दा बढी स्थानीय,युवा,बालबालिका र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा रिडिङ सर्कल,खेल्दै सिक्दै,भिडियो रिफ्लेक्सन,मानव केन्द्रित डिजाइन कार्यशाला,र चित्रकला जस्ता विभिन्न गतिविधिहरू समावेश गरिएका थिए।

कार्यक्रममा बिभिन्न गतिविधिहरू जस्तै रिडिङ सर्कल (Reading Circle) को माध्यमबाट विद्यार्थीहरूलाई पढाइमा रुचि बढाउन प्रेरित गरिएको थियो।खेल्दै सिक्दै (Learning through Play)गतिविधिले नयाँ कुरा रमाइलो वातावरणमा सिक्ने अवसर प्रदान गर्‍यो। भिडियो रिफ्लेक्सन (Video Reflection) सत्रबाट सामाजिक न्यायको महत्त्वबारे जनचेतना फैलाउने प्रयास गरिएको थियो। मानव केन्द्रित डिजाइन कार्यशालामा विद्यार्थीहरूले मानिसको रुचि र आवश्यकता अनुसार नयाँ कुराहरू कसरी विकास गर्न सकिन्छ भन्ने सिकेका थिए। चित्रकला कार्यशालाले बालबालिकाको सिर्जनशीलतालाई बढावा दिएको थियो।

स्थानीय शिक्षक र अभिभावकहरूको धारणा सम्बन्धी स्थानीय शिक्षक सुमेद ठाकुरले बालबालिकामा पढाइप्रतिको रुचि बढाउन यस्तो कार्यक्रम ग्रामीण भेगमा आवश्यक रहेको बताउनुभयो।उहाँले भन्नुभयो यस्ता कार्यक्रमहरूले बालबालिकाको सिर्जनशीलता र सिकाइ क्षमतालाई प्रोत्साहित गर्छ। श्री राष्ट्रिय आधारभूत विद्यालयकी सहायक प्रधानाध्यापक आरती शर्माले आफ्नो विद्यालयमा यस्तो कार्यक्रम सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले बालबालिकाहरूलाई सहभागिताको अवसर प्रदान गरिएकोमा आफु उत्साहित भएको बताउनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले पुस्तक पढ्न पाउँदा र खेलकुदको माध्यमबाट सिक्न पाउँदा अत्यन्तै उत्साहित भएका थिए। मास्टर माइन्ड,चेस जस्ता खेलहरू खेल्न पाउँदा र पहिलो पटक दूरबीनको प्रयोग गर्न पाउँदा उनीहरूमा नयाँ अनुभवको उत्साह देखिएको थियो।

महोत्तरी युवा संजालका अध्यक्ष तथा यूएस एम्बेसी बुक बस फेलो रबिन्द्र कुमार महतोका अनुसार, भंगहा नगरपालिकापछि यो कार्यक्रम महोत्तरीको मनरा सिस्वा नगरपालिका र मटिहानी नगरपालिकामा तथा त्यसपछि धनुषा र सिरहाका विभिन्न ठाउँहरूमा सञ्चालन गर्ने योजना रहेको बताएका छ्न।

यसैगरी उहाँले यस किसिमको कार्यक्रम बाट स्थानीय बालबालिकामा पढाइ र सिर्जनशीलताप्रतिको रुचि बढाउन सहयोग पुर्याउनुका साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत जनाउनु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*