रौतहटका पत्रकार श्रेष्ठलाई फोन मार्फत धम्की दिने कलवारले मागे माफी

सागर संगम ठाकुर
२०८१ पुष २९, सोमबार ०७:४२ गते

रौतहट:रौतहटमा फोन मार्फत पत्रकारलाई गालीगलौज गरी कुटपिट गर्ने धम्की दिने ब्यक्तीले माफी मागेका छन । समाचारकाे बिषयमा धम्की दिएपछि पत्रकार श्रेष्ठले ईलाका प्रहरी कार्यालय गरुडामा निवेदन दर्ता गराएपछि साह पक्राउ परेकाे थियो ।

आईतवार ईलाका प्रहरी कार्यालय गरुडाकाे प्राङ्गणमा बसेको दुई पक्षिय छलफलमा अबदेखि यस्तो गल्ती नगर्ने भन्दै माफी मागेपछि साह रिहा भएको छ। श्री जहरीमाई कृषि सहकारी संस्थाका संचालक समेत रहेका कटहरिया नगरपालिका वडा नंं.४ कटहरिया निवासी रामचन्द्र साह कलवारले रेडियोमा समाचार प्रशारण गराएको विषयलाई लिएर नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितीका सदस्य तथा कटहरिया म्युजिकल एफएमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठलाई फोन मार्फत अपशब्द प्रयोग गरेर ठिक पारिदिने धम्की दिएकाे थियो । साहकाे धम्कीपूर्ण अभिब्यक्तीबाट त्रसित भएका पत्रकार श्रेष्ठले निज दाेसीलाई तुरुन्त पक्राउ गरि कार्यवाही गर्नु पर्ने भन्दै इलाका प्रहरी कार्यालय गरुडामा निवेदन दर्ता गराएका थिए।

विभिन्न गैरकानुनी कार्य गर्दै आएका संस्थाका संचालक रामचन्द्र साह मिटरब्याजी साहुँ समेत रहेकाे भन्दै समाजमा चर्चित ब्यक्ति हुन । साह माथि विगतका दिनमा मिटरब्याजी सम्बन्धी उजुरी परेपछि एफएमका निर्देशक श्रेष्ठ पीडितको पक्षमा उभिएपछि सोही समय देखि मौकाको पर्खाईमा रहेका साह समाचारको बिषय बनाई पत्रकार श्रेष्ठलाई फोन मार्फत धम्की दिएकाे थियो ।

तिन तिनवटा सहकारीका संचालक रहेका साहले अनुदानमा आएका रासायनिक मल लक्ष्ति वर्गलाई नदिई बढि रकम लिएर कालोबजारी गर्दै आएको भन्दै पटक पटक बिभिन्न मिडियामा समाचार आएपछि रौतहटको कटहरिया बजारमा संचालन रहेको कटहरिया म्युजिकल एफएमले समाचार बजाए पछि उक्त धम्की आएको थियो । फोनबाट साहले गाली, अपशब्द प्रयोग गर्दै चाँडै ठिक पारिदिन्छु जस्ता धम्की दिएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाको सदस्य एवं नेपाली काँगे्रस मधेश प्रदेशको प्रचार प्रसार विभागका सदस्य समेत रहेका श्रेष्ठले उक्त अडियो सार्वजनिक गरेर धम्की दिने साहलाई तुरुन्त पक्राउ गरी कार्यवाही गर्न स्थानीय प्रहरी प्रशासन संग जोडेदार माग गरेका थिए ।

संचालक साहले पत्रकार श्रेष्ठलाई धम्की दिएपछि नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै व्यवसायी रामचन्द्र साहलाई अविलम्ब नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही अघि बढाउन माग गर्नु भएको थियो ।
समाचारको बिषयमा चित नबुझदा कानुनी बाटो हुदाहुदैं पनि धम्की दिने कार्य अपराध हो भन्दै कानुनको दायरामा लयार कार्यवाही गरी समस्याको समाधान गर्नु पर्ने महासंघले माग गरेका थिए । पत्रकारलाई धम्की दिएको आराेपमा पक्राउ परेका साहले आईतवार प्रहरी कार्यालय गरुडमा पत्रकार श्रेष्ठ संग माफी माग्दै पत्रकार सम्मेलन गर्नु भएको थियो ।

पत्रकार सम्मेलनमा साहले आफू खानपिन र नसामा आएर फाेन मार्फत धम्की दिएको भन्दै म संग गल्ती भएको भन्दै अबदेखि यस्तो गल्ती नहुने भन्दै माफी पाउ भने श्रेष्ठ संग भनेका थिए । त्यस्तै साहले पत्रकार श्रेष्ठले आफू संग पैसा नमागे र पत्रकार सम्मेलनमा आफुले लगाएको आराेप झुठो रहेको सुईकार गर्नु भयो । पत्रकार श्रेष्ठले आफू संग घुस बापत रु पचास हजार रुपैया मागेको कुरा झुठो रहेको भन्दै पत्रकार सम्मेलनमा त्यो कुरालाई खण्डन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*