बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

कोल्हवी न्यूज
२०८१ पुष १९, शुक्रबार ०६:३४

गएराति बझाङको तलकोट गाउँपालिकामामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाका अनुसार तलकोटबाट चैनपुरतर्फ जाँदै गरेको से १ ज ८४३ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो।

शुक्रबार राति करिब साढे आठ बजेतिर तलकोट गाउँपालिका-२, सुकगाड दुर्घटना भएको हो। दुर्घटनामा परेका तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लानेक्रममा मृत्यु भएको उनको भनाइ छ।

दुर्घटनामा जीपका चालक केदारस्युँ गाउँपालिका-१ का ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बमबहादुर धामी, तलकोट गाउँपालिका-४ का ७२ वर्षीया जोगेनीदेवी धामी र पाँच वर्षीया बालिका आकृती धामीको मृत्यु भएको छ । सूचना अधिकारी ठगुन्नाका अनुसार तीन यात्रुको घटनास्थलमै र आकृतिको उपचारका लागि अस्पताल लानेक्रममा बाटोमै मृत्यु भएको हो । आकृति बमबहादुर धामीकी छोरी हुन्।

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*