बारा कोल्हवीमा हात्ती नियन्त्रणको डार्ट टोलि, सांसद मैनालीले बुझाए मन्त्रालयमा ध्यानाकर्षण पत्र

कोल्हवी न्युज
२०८१ पुष १८, बिहीबार १६:३१

कोल्हवी:बाराको कोल्हवि नगपालिका अन्तर्गत हनुमामगंज,झुरझुर,ककडी,जुगुवा,रामवन,बधुवन लगायतको क्षेत्रमा विगत लामो समय देखि हात्तीको आक्रमणबाट मानवीय क्षतिको साथै किसानले लगाएका अन्नवालीहरुको समेत क्षति पुर्याईरहेको सन्दर्भमा बारा क्षेत्र न.१ का माननियले संघीय वन मन्त्रालयमा हात्ती नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै ध्यानाकर्षण पत्र बुझाउनु भएको छ।

पछिल्लो समय यमगज हात्तीले विगत १५ दिन देखि किसानहरुको घर भत्काउने,भण्डारण गरेर राखेको अन्नबाली नष्ट गर्ने र मान्छेलाई समेत लखेट्ने/ आक्रमण गर्ने शिलशिला चलिरहेको हुँदा तत्काल यथाशीघ्र हात्ती नियन्त्रणमा लिई मानवीय क्षती हुनबाट रोकी नागरिकलाई सुरक्षा प्रदान गर्न ध्यानाकर्षण पत्र बुझाईएको मैनालिका स्वकिय सचिव दामोदर मैनालिले कोल्हवी न्युज लाई बताउनु भएको छ।

माननीय वन तथा वातावरण मन्त्रीले हात्ती नियन्त्रणको लागि डार्ट गरिएको र नियन्त्रणमा लिन नसक्दा घरपालुवा हात्तीको सहायताले नियन्त्रणमा लिन मातहतको निकायलाई तत्काल निर्देशन गरिसकिएको र आजबाटनै पर्सा रास्ट्रिय निकुञ्जको लालबाबु चौधरी,अजय चौधरी सहित दुई पोथी हात्ती र छ जना सहितको डार्ट टोलि कोल्हवी नगरपालिका वडा न.२ भलुवाईखोरकोको झुर्झुरमा खटेको छ।

सान्सद मैनालिले ध्यानाकर्षण पत्र मार्फत नागरिकलाई सुरक्षा प्रदान गर्न विशेष टोली खटाई हात्ती नियन्त्रणमा लिने कार्य तत्काल गर्न,
हात्तीले गरेको किसानहरुको क्षतिलाइ उचित क्षतिपूर्तिकोव्यवस्थापन गर्न,निकुन्ज तथा आरक्षण क्षेत्र आसपासको नागरिकलाइ वन्यजन्तुबाट उत्पन्न भएका समस्या समाधान गर्न दीर्घकालीन उपाय अवलम्बन गर्न,वनक्षेत्रबाट किसानहरुले घाँस,स्याउला ल्याउने क्रममा वन्यजन्तुको आक्रमणबाट भएका मृतकको परिवारले क्षतिपूर्ति नपाउने अवस्थालाई कानुनीरुपमा आवश्यक परिमार्जन गर्न भनिएको छ।

यता आज बाटनै निकुञ्जको डार्ट टोलिलाई हात्ती राख्न र त्यसका ब्यब्सथापनका लागि कोल्हविको झुर्झुर्मा स्थल अवलोकनका लागि कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी,कोल्हवी वडा न.२ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी,ई.प्र.का कोल्हविका प्रमुख किशन बस्नेत,शसत्र प्रहरी बेश कोल्हविका उमेश घलान लगायतकाले निरीक्षण समेत गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*