अमेरिकाको न्यू अर्लिन्समा मानिसको भिडमा ट्रक घुस्दा १५ जनाको ज्यान गयो

कोल्हवी न्यूज
२०८१ पुष १८, बिहीबार ०६:४२ गते

अमेरिकाको न्यू अर्लिन्समा एउटा ट्रक मानिसको भिडमा घुस्दा १५ जनाको ज्यान गएको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् ।

न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक भिडमा छिराएर मानिसहरूलाई किच्दै अघि बढाएका थिए ।

चालकले जानाजानी ट्रक भिडमा छिराएका अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी प्रहरीका अनुसार तीव्र गतिमा ट्रक चलाएका चालकले जतिसक्दो धेरै मानिसको हत्या गर्ने प्रयास गरेका थिए ।

घटनाको अनुसन्धान गरिरहेको एफबीआईले मानव भिडमा ट्रक चलाउने चालक टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*