रुम्बा हत्या प्रकरणमा गुप्तचरका अधिकृत सहित बारा प्रहरी द्वारा तिनजना सार्वजनिक

कोल्हवी न्युज
२०८१ पुष १४, आईतवार १९:१९

कोल्हवी:जिल्ला प्रहरी कार्यालय बाराले रुम्बा हत्या प्रकरणमा एक हप्ता भन्दा बढिको गहिरो अनुसन्धान पछि गुप्तचरका ईन्सपेक्टर सहित तीन जनालाई आज सार्वजनिक गरेको छ।

मृतक राज कुमार रुम्बाको ६ गते विहान अं.०९:१५ बजेको समयमा बाराको जितपुर सिमरा उ.म.न.पा. वडा नं.११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक खण्डको छेउमा बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको ग्रे रंगको EV कारमा चालक बस्ने सिटमा एक जना मानिस वेहोस अवस्थामा छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट तत्काल घटना स्थलमा प्रहरी पुगी हेर्दा उक्त कारमा मृत अवस्थामा फेला परेका व्यक्ति जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं.०१ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी भई हाल विमान स्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राज कुमार रुम्बा रहेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको मृत लाशको पोष्टमार्टमको क्रममा टाउकोबाट गोलीको बुलेट थान-१ (एक) फेला परेको हुनाले मृत्युको कारण Gunshot injury to the head भनि शव परिक्षण प्रतिवेदनबाट खुलि आएको ।

उक्त घटनाको सूक्ष्म अनुसन्धान गर्ने क्रममा निम्न नामथर, ठेगाना भएका संकित व्यक्तिहरूलाई निम्न दशीका समानहरू सहित पक्राउ गरी कसूर दर्ता किताबमा कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भई सम्मानित बारा जिल्ला अदालत बाट दिन ७ (सात) म्याद थप लिई थप अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट भई रहेको व्यहोरा सूचित गरिन्छ ।
नियन्त्रणमा लिएको व्यक्तिहरूको विवरणहरु
जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.१९ घर भई हाल ऐं. वडा नं.०१ स्थितमा दिनेश सुवेदीको जग्गामा जय माँ इन्जियरिङ वर्कसपको संचालक वर्ष २७ को पुरुषोत्तम कुमार दास
ऐ.ऐ.बस्ने वर्ष २० को ईन्द्रजित कुमार चौहान
जिल्ला महोत्तरी जलेश्वर न.पा. ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी
बरामद भएका दशीका समानहरू
मृतकले घाटीमा लगाएको सुनको सिक्रि थान-१, प्रतिवादी पुरुषोत्तम कुमार दासको वर्कसपबाट निजले लगाउने गरेको जिन्स पाईन्टको खल्तीबाट बरामद गरेको ।
मृतक राज कुमार रूम्बाको पर्स थान-१, निज प्रतिवादी पुरुषोत्तम कुमार दासको कालो रंगको CAT लेखिएको झोला भित्र बाट बरामद गरेको ।
संकित व्यक्तिहरूबाट मोबाईल थान-६ बरामद गरेको ।
निज प्रतिवादी पुरुषोत्तम कुमार दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाईक थान-१ बरामद गरेको ।
घटनाको कारण
पुर्व रिसिईबि
चोरी लुटपाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*