सशस्त्र प्रहरी बल पर्साले अवैध चक्लेट बोकेको भ्यान नियन्त्रणमा

कोल्हवी न्यूज
२०८१ पुष ११, बिहीबार १६:२५

 अवैध रुपमा ओसारपसार हुन लागेको चकलेटसहित भ्यान सशस्त्र प्रहरी बलले पर्साबाट नियन्त्रणमा लिएको छ । पर्साको वीरगंज महानगरपालिका–१४ पावरहाउस चोक बुधबार उक्त भ्यान नियन्त्रणमा लिइएको हो ।

भारतबाट अवैध रुपले ना १ ज ७८४५ नम्बरको म्याजिक भ्यानमा राखी नेपालतर्फ ल्याउँदै गरेको चक्लेट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

बरामद चक्लेट तथा भ्यान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । बरामद चक्लेट तथा भ्यानको भन्सार दाखिला मूल्य १० लाख रुपैयाँ रहेको र भ्यान चालक भने फरार रहेको थापाले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*