जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा २ जना पक्राउ
कोल्हवी न्यूज
२०८१ पुष ८, सोमबार १६:०९
एनपीएलको फाइनल खेलका दिन काठमाडौंमा जनकपुर बोल्ट्स टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गणेश साउद र अशोक साउद रहेका छन् । उनिहरुको ठेगाना प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ती दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरुले गत शनिबार एनपीएलको फाइनल खेलसकिएपछि जनकपुर बोल्टसका समर्थक सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका थिए।उक्त घटनाबारे प्रहरी वृति कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।