महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु

कोल्हवी न्यूज
२०८१ पुष ७, आईतवार १५:५०

महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ ।

लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका– ७ का ३० वर्षीय निशाज सुनुवारको आइतबार मृत्यु भएको कारागार प्रशासनले जनाएको हो ।

जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उनलाई आइतबार बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्‍याइएको थियो । हृदयाघातबाट निजको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*