पोल्यान्ड र सिङ्गापुर पठाइदिने भन्दै ठगी गर्ने धनुषाको दुई जना पक्राउ

कोल्हवी न्यूज
२०८१ पुष ४, बिहीबार १६:१७

वैदेशिक रोजगारीमा पोल्यान्ड र सिङ्गापुर पठाइदिने भन्दै २२ लाख ३० हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ घर भई काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ३८ वर्षीय राजकुमार चौधरी र धनुषाको मटिहानी नगरपालिका–९ घर भई काठमाण्डौ महानगरपालिका–९ गौशाला बस्ने ३९ वर्षीय रूपेशकुमार चौधरीले रहेका छन् ।

राजकुमारले पोल्यान्ड पठाइदिने भन्दै दुई जनाबाट ६ लाख ३० हजार र रूपेशकुमारले सिङ्गापुर पठाइदिने भन्दै एक जनाबाट १६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

राजकुमारलाई काठमाण्डौको काँडाघारी र रूपेशकुमारलाई काठमाण्डौको टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*