मुम्बईमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

कोल्हवी न्यूज
२०८१ पुष ४, बिहीबार ०७:४६

भारतको मुम्बईमा रहेको गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । यात्रु बोकेको डुङ्गालाई भारतीय नौसेनाको एक द्रुत गतिको डुङ्गाले ठक्कर दिएपछि  दुर्घटना भएको हो ।

दुर्घटनामा नौसेनाका ३ जनासहित १३ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटना लगत्तै आएका उद्धारकर्ताले एक सय एक जनाको उद्धार गरेका छन् ।

मृतकका परिवारलाई राज्य सरकारले ५/५लाख रुपैयाँ राहत दिने घोषणा गरेको मुख्यमन्त्री देवेन्द्र फडणविसले जानकारी दिनुभएको छ ।

नौसेनाको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुङ्गामा ठोक्किएको खबरमा उल्लेख छ ।

एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*