जर्जियाको रेस्टुरेन्टमा ग्यास चुहावट, ११ भारतीयको मृत्यु
जर्जिया ट्रान्सककेशिया क्षेत्रको केन्द्रवर्ती तथा पश्चिमी भागमा कृष्ण सागरको दक्षिण–पूर्वी किनारामा पर्ने जर्जियामा एघार भारतीयको मृत्यु भएको छ।
राजधानी तिब्लिसीस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै ग्यास चुहावटका कारण उनीहरूको मृत्यु भएको जानकारी दिएको हो।
दूतावासले भनेको छ, ‘मिसनले भर्खरै गुडौरी, जर्जियामा एघार भारतीय नागरिकको मृत्यु भएको थाहा पाएको छ। ती भारतीय नागरिकहरूको परिवारप्रति हाम्रो गहिरो सहानुभूति छ। मिसन सबै मारिएका भारतीय नागरिकहरूको बारेमा जानकारी प्राप्त गर्न उत्सुक छ। सम्भावित सहयोग उपलब्ध गराइनेछ।’
जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइडका कारण १२ जनाको मृत्यु भएको थियो। अधिकारीहरूका अनुसार गुडौरीको एक रेस्टुरेन्टमा सुतिरहेको अवस्थामा एघार भारतीय अनि एक जर्जियाली नागरिकको शव भेटिएको हो।
एएफपी समाचार एजेन्सीका अनुसार प्रहरीले ‘प्रारम्भिक अनुसन्धानमा शवमा हिंसाको कुनै चिन्ह नभेटिएको हुँदा यो दुर्घटनाजस्तो देखिन्छ’ भनेको छ। शुक्रबार विद्युत् अवरुद्ध भएपछि तेलबाट चल्ने जेनरेटर सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्।










