मकवानपुरमा ट्रकले किचेर एकजना गम्भीर घाइते

कोल्हवी न्यूज
२०८१ पुष १, सोमबार १८:२१

बिरगंजबाट आएको लोडट्रकले साईकललाई ठक्कर लाग्नबाट बचाउँदा हेटौंडामा सडकको पेटीमा बोरा ओढी सुतेको एकजनालाई किच्दा गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो करिब ३ बजे हेटौंडा-४, रजजयन्ती चोक नजिक पुर्ब पश्चिम सडक खण्डमा बिरगजंबाट हेटौंडातर्फ आइरहेको ना ६ ख ३३७६ नम्बरको कनिका लोड ट्रकले किच्दा ३५ वर्षीय कृष्ण न्यौपाने गम्भीर घाइते भएका हुन् ।

रजतजयन्ती चोकबाट दाहिनेतर्फ मोडिने क्रममा अगाडीबाट आएको ट्र्कले साईकललाई बचाउँदा सडकको पेटीमा  सुतेको न्यौपानेलाई किचेको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ । बाँया खुट्टाको घुँडा भन्दा मुनीको भागमा ट्रकले किचेर गम्भीर घाईते भएका उनलाई उपचारको लागी हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रक र पर्साको जिराभवानी ९ शंखरसरैयाका ट्रक चालक ४९ वर्षीय सुखाडी भैया प्रहरी नियन्त्रणमा रहेको छ। यस्तै, घाइते न्यौपानेको थप उपचारको लागि भरतपुर चितवन रिफर गरिएको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*