महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते
महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् ।
भिठामोडबाट जनकपुर जाँदै गरेको ना ४ ख १०६९ नम्बरको बस आइतबार दिउँसो हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका वडा नम्बर – ६ रातोपुलमा पल्टेर दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।
जनकपुर आउँदै गरेको बस एक्कासि अनियन्त्रित भई पुलको रेलिङ तोड्दै बस पल्टिएको थियो । जसमा सवारमध्ये २२ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलाल प्रसाद जयसवारका अनुसार घाइतेमध्ये भारत परिहारकी २२ वर्षीय सरिता यादव र कोमल राउत गम्भीर घाइते भएको छन् ।
घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको छ ।