चार सय २९ अर्ब डलर नाघ्यो एलन मस्कको सम्पत्ति

कोल्हवी न्यूज
२०८१ मंसिर ३०, आईतवार १०:४४ गते

टेस्लाका सिइओ एलन मस्कको सम्पत्ति चार सय अर्ब डलर नाघेको जानकारी फोब्र्स म्यागेजिनले दिएको छ। उनको सम्पत्ति अहिले ४२९.२ अर्ब डलर पुगेको छ।

यस आर्थिक वर्षमा टेस्लाका सेयरहरूको ७१ प्रतिशतको वृद्धि र मस्कको रकेट कम्पनी स्पेस एक्सको मूल्यांकनमा भएको वृद्धि नै यस सफलताको प्रमुख कारण बनेका छन्।

मस्क टेस्लाको सबैभन्दा ठूलो सेयरधनी हुन्, कम्पनीमा उनको १३ प्रतिशत हिस्सेदारी रहेको छ। स्पेस एक्स र टेस्लाका साथसाथै मस्कका अन्य कम्पनी जस्तै न्युरालिंक र एक्सले पनि उनको सम्पत्ति वृद्धिमा योगदान पु¥याएका छन्।

मस्कले हालै डोनाल्ड ट्रम्पको चुनावी अभियानमा पनि ठूलो योगदान गरेका थिए, जसले उनलाई अमेरिकी व्यवसाय र सरकारको नीति निर्माणमा विशेष भूमिका दिने विश्वास गरिएको छ। यससँगै, मस्क अब संसारका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा अझ अगाडि बढेका छन्। उनले ४०० अर्ब डलरभन्दा धेरै कमाएर नयाँ रेकर्ड कायम गरेका छन्।

एलन मस्क दक्षिण अफ्रिकामा जन्मेका अमेरिकी उद्यमी र व्यापारी हुन्। उनले सन् १९९९ मा एक्स डटकमको सुरुवात गरेका थिए। जुनपछि पे पालको नामले परिचित भयो।

उनले सन् २००२ मा स्पेसएक्स र २००३ मा टेस्ला मोटर्स स्थापना गरे। उनले आफूले सुरु गरेको जिप २ नामक कम्पनी कम्पायाक कम्प्युटर कम्पनीलाई बेचेपछि मस्क ३० वर्षको उमेर पुग्नु अगाडि नै मल्टी मिलिनियर हुन पुगेका थिए। मे २००२ मा जब स्पेस एक्सले रकेट प्रक्षेपण ग¥यो तब मस्कले सबैको ध्यान आकर्षित गर्न सफल भए। त्यस्तो प्रक्षेपण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पहिलो सवारी साधन पठाउन लागि गरिएको थियो।

सन् २०१६ मा सोलार–सिटीको खरिदसँगै उनले आफ्नो पोर्टफोलियोलाई बढावा दिए र राष्ट्रपति ट्रम्पको प्रशासनको सुरुका दिनहरूमा सल्लाहकारको भूमिका लिएर उद्योग क्षेत्रको प्रभावकारी नेताको रूपमा उनको अडान कायम गरे। जनवरी २०२१ मा, मस्कले जेफ बेजोसलाई विश्वकै धनी मानिसको सूचीमा उछिने।

मस्कको जन्म २८ जुन, १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा भएको थियो। सानो छँदा, मस्क आविष्कारको बारेमा दिउँसै सपना देख्दै यति हराएका थिए कि उनका अभिभावक र डाक्टरहरूले उनको सुनुवाइ जाँच गर्न सुझाव दिएका थिए। उनका बुबाआमाको सम्बन्ध बिच्छेदको समयमा उनी १० वर्षका मात्र थिए।

मस्कको रुचि सानैदेखि कम्प्युटरमा थियो। उनले आफैंले आफैंलाई कसरी प्रोग्राम गर्ने भनेर सिकाए र जब १२ वर्षको भए तब उनले आफ्नो पहिलो सफ्टवेयर लञ्च गरे। उक्त सफ्टवेयर ब्लास्टर नामक एक  खेल थियो।

ग्रेड स्कुलमा, मस्क सानो कद भएका, अन्तर्मुखी र किताबी किरा थिए। उनी १५ वर्षको उमेरसम्म स्कुलमा धेरै हेपिने विद्यार्थीमा पर्थे। त्यसपश्चात् उनले आफूले आफैंलाई विकास गर्ने निर्णय गरे र कराँते र कुस्ती सिक्न थाले। आफ्नो बचाउ आफैं भन्ने धारणाले उनी अगाडि बढेका थिए।

मस्ककी आमा, माये मस्क क्यानाडाली मोडल हुन् र कभरगर्ल अभियानमा स्टार गर्ने सबैभन्दा पुरानो महिला पनि हुन्। जब मस्क हुर्किरहेका थिए, उनकी आमाले आफ्नो परिवारलाई टेवा दिन पाँचवटा काम गर्थिन। मस्कका बुबा एरोल मस्क दक्षिण अफ्रिको धनी इन्जिनियर हुन्।

मस्कले आफ्नो प्रारम्भिक बाल्यकाल आफ्नो भाइ किम्बल र बहिनी तोस्कासँग दक्षिण अफ्रिकामा बिताए। उनी १० वर्षको हुँदा उनका आमाबुबाको सम्बन्ध बिच्छेद भएको थियो। १७ वर्षको उमेर अर्थात् १९८९ मा मस्क क्विनस् विश्वविद्यालयमा पढ्न र दक्षिण अफ्रिकी सेनामा अनिवार्य सेवाबाट बच्नका लागि क्यानाडा बसाईं सरे। त्यस वर्ष मस्कले क्यानडाको नागरिकता प्राप्त गरे किनभने उनलाई त्यो बाटोबाट ​​अमेरिकी नागरिकता लिन सजिलो हुन्थ्यो।

सन् १९९२ मा मस्कले पेनसेल्भेनिया विश्वविद्यालयमा व्यवसाय र भौतिक विज्ञान पढ्न क्यानाडा छाडे। उनले अर्थशास्त्रमा स्‍नातक तह कटाए र भौतिक विज्ञानको दोस्रो स्‍नातकको तयारी गरे।

पेनसेल्भेनिया छोडिसकेपछि मस्कले ऊर्जा फिजिक्समा पिएचडी गर्न क्यालिफोर्नियाको स्टानफोर्ड युनिभर्सिटी पुगे। उनको हरेक पाइला इन्टरनेटको बूमसँग ठ्याक्कै मिल्दोजुल्दो थियो। उनी यसको हिस्सा बन्न दुई दिनपछि स्टेनफोर्डबाट बाहिरिए।

सन् १९९५ मा उनको पहिलो कम्पनी जिप २ कर्पोरेसन सुरु भयो। मस्क २००२ मा अमेरिकी नागरिक बनेका थिए। मस्क अहिले अमेरिकी राट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा खुलेर चुनावी प्रचारमा मात्र होमिएनन् ठूलो धनरासी खर्च गर्न पनि तयार भए।

दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिन्सी’ (डिओजिई) प्रमुखमा नियुक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*