जाजरकोटमा जीप पल्टिँदा वडाध्यक्षसहित ५ जनाको ज्यान गयो

कोल्हवी न्यूज
२०८१ मंसिर २७, बिहीबार ०७:५२

जाजरकोट जुनिचाँदी गाउँपालिका १ काे अउल खोला लोड्नीमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ ।

सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये वडाध्यक्ष अमरबहादुर शाही र कीर्तिबहादुर शाहीको परिचय खुलेको छ । अरुको पहिचान हुन पाएको छैन । दुर्घटना भएको ठाउँ खलङ्गाबाट झण्डै ८२ किलोमिटर टाढा पर्छ । दुर्घटनास्थलमा प्रहरीको टोली केहीबेर अघिमात्र पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*