बाघको आक्रमणबाट रौतहटको वडा अध्यक्ष चौधरी घाईते
बाघको आक्रमणबाट रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडा अध्यक्ष रामजीत चौधरी गम्भीर घाईते भएका छन् ।
भेटको क्रममा अध्यक्ष प्रभु साहले घाईते वडा अध्यक्ष चौधरीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
शनिबार बिहान बाघको आक्रमणमा परी घाईते भएका वडा अध्यक्ष रामजीत चौधरीको बिरगंज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका उनलाईलाई आइसियुमा राखेर उपचार भईरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छिन् ।
सोही क्रममा वडा अध्यक्ष चौधरी अनुगमनमा गएको समय अचानक आएको बाघ एक्कासी बौराई चौधरी माथि आक्रमण गरेका थिए । मितको साईनो पर्ने बौराई चौधरीलाई बचाउन खोज्दा वडा अध्यक्ष रामजीत चौधरी माथी बाघले आक्रमण गरेको उनकी छोरी मधुले जानकारी दिएकी छिन् ।
ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले अर्का घाईते बौराई चौधरीको रक्सौल स्थित डंकन अस्पतालमा उपचार भइरहेको तथा घटना बारे अनुसन्धान भईरहेको बताएका छन् । थप उपचारका लागि काठमाडौं लगिएको छ ।