रामेछापको फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु

कोल्हवी न्यूज
२०८१ मंसिर १४, शुक्रबार १५:५६

रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। काठमाडौँबाट गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो।

रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन्। तीनमध्ये एक जना गम्भीर घाइते रहेको उहाँको भनाइ छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ।  दुर्घटनामा एक बालकसहित तीन जना घाइते भएका हुन्।

दुर्घटनामा परेर गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो।

उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बस चालक हीराबहादुर कार्कीसमेत हुनुहुन्छ। अन्य मृतकको पहिचान खुलेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*