मकवानपुरको मनहरीमा बेल्चा प्रहार गरेर आफ्नै साथीको हत्या

कोल्हवी न्यूज
२०८१ मंसिर १३, बिहीबार ०७:५३

मकवानपुरको मनहरी गाउँपालिकामा कुटपिट गरी एक युबकले आफ्नै साथीको हत्या गरिएको छ । मनहरी गाउँपालिका वडा नम्बर–६ प्रतापुर लच्का बस्ने वर्ष ३४ को अम्मर बहादुर लोप्चनले आफ्नै घरमा सुतेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षिय साथी जित बहादुर मोक्तानको कुटपिट गरी हत्या गरेका हुन् ।

दुबै जना संगै मजदुरी काम गरी हिड्ने, प्राय जसो दुबै जना लोप्चनको घरमा सुत्ने गरेको र सुतिरहेको अवस्थामा एक्कासी सावेलले प्रहार गरी घाईते बनाएकोमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । राति लेनदेनको कुरामा विवाद गर्दै गर्दा एक्कासी बेल्चाले अम्मरबहादुरले प्रहार गरेर जीतबहादुरलाई घाइते बनाएका थिए ।

मोक्तानलाई कुटपिट गरी घाइते बनाएको र उनको भरतपुर सरकारी अस्पताल चितवन उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए । कुटपिट गर्ने व्यक्तिलाई सावेल सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*