युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले रियल मड्रिडलाई २–० ले पराजित

कोल्हवी न्यूज
२०८१ मंसिर १३, बिहीबार ०७:२८ गते

 युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले रियल मड्रिडलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले रियल मड्रिडलाई २–० ले हराएको हो ।

गएराति भएका अरु खेलमा एस्टन भिला र युभेन्ट्सले गोलरहित बराबरी खेलेका छन् । यस्तै बेनिफिकाले मोनाकोलाई ३–२ ले हराउँदा साख्तर डोनेत्स्क पनि पीएसभीसँग ३–२ ले पराजित भएको छ ।

यसैगरी सेल्टिक र क्लब ब्रुग्गीले १–१ गोलको बराबरी खेलेका छन् भने लिले ओलम्पिकले बोलोग्नालाई २–१ ले हराएको छ । यसअघि हिजोको खेलमा भीएफबी स्टुटगाट क्रेभेना जेभेज्दासँग  र स्पोर्टिङ क्लब  आर्सनलसँग समान  ५–१ गोलले पराजित भएका थिए ।

यस्तै एसके एटुर्म ग्राजले  गिरोनालाई १–० गोलले हराएको थियो भने बोरुसिया डर्टमन्डले डिनामो जग्रेबलाई ३–० गोलले हराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*