इजरायलस्थित नेपाली राजदूतावासले हुण्डीको प्रयोग नगर्नेलाई थप सुविधा दिने

कोल्हवी न्यूज
२०८१ मंसिर ११, मंगलवार १५:४६ गते

 इजरायलस्थित नेपाली राजदूतावासले हुण्डी मार्फत पैसा नपठाउने नेपालीलाई थप सेवा दिने जनाएको छ । दूतावासले एक सार्वजनिक सूचना जारी गर्दै हुण्डी प्रयोग गरेको छैन भनी दूतावासमा स्व–घोषणा गर्नेलाई थप सेवाहरू प्रदान गर्ने जनाएको हो ।

हुण्डीमार्फत पैसा पठाउने गरेको जानकारीमा आएको भन्दै दूतावासले त्यसको न्यूनीकरणका लागि सबैले सहयोग गर्नुपर्ने जनाएको छ ।

जानी/नजानी कोही कतै नेपालीहरूबाट हुँदै आएको हुण्डी व्यवहारका कारण भएका नोक्सानीबारे सबै पक्ष जानकार नै भएको जनाउँदै दूतावासले त्यसको न्यूनीकरणका लागि सहयोग गर्न दूतावासले अनुरोध गरेको हो ।

दूतावासले राहदानी चाहिएको बेला तुरुन्त उपलब्ध गराउन सकिने, अन्य प्रमाणीकरण कागजातहरू तुरुन्त उपबन्ध गराउने सकिने, आय/आम्दानीका पत्र आवश्यक परे तुरुन्त दिन सकिने जस्ता सेवाहरू शीघ्र उपलब्ध गराउन लागिएको जनाएको छ ।

त्यसका लागि हुण्डी प्रयोग गरेको छैन भनी दूतावासमा स्व–घोषणा गर्नुपर्ने दूतावासले जनाएको छ । आम्दानी पत्र आवश्यक परे नेपाल पैसा पठाएको तीन महिना अगाडिसम्मको रेमिट्यान्सको कुनै स्टेटमेन्ट देखाउनुपर्ने छ ।

हुण्डी प्रयोग नगरेको स्व–घोषणा गर्न नसक्ने सेवाग्राहीलाई १० दिनको वर्किङ आवर राखेर मात्रै सेवा दिइने दूतावासले प्रष्ट पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*