श्रेयस अय्यर इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै महँगा खेलाडी
२६ कराेड ७५ लाख भारुमा पञ्जाबमा अनुबन्ध
भारतीय क्रिकेट टिमका सदस्य श्रेयस अय्यर इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् ।
आउँदाे वर्षकाे आईपीएलका लागि आज भएकाे अक्शनमा अय्यरलाई पञ्जाब किङ्ग्सले २६ कराेड ७५ लाख भारुमा अनुबन्ध गरेकाे हाे । यसअघि काेलकाता नाइट राइडर्समा रहेका अय्यरकाे न्यूनतम अक्शन मूल्य २ कराेड भारु रहेकाे थियाे ।
यसअघि मिचेल स्टार्कलाई गएकाे वर्ष काेलकाता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए ।










