दक्षिणपूर्वी अस्ट्रेलियाली बासिन्दाहरूलाई डढेलोको खतराका कारण सहरहरू खाली गर्न आदेश

कोल्हवी न्यूज
२०८१ मंसिर १, शनिबार १६:४५ गते

दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दाहरूलाई सम्भावित डढेलो (बुशफायर) को जोखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ  ।

दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अस्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायहरूका लागि आपत्कालीन चेतावनी जारी गरेका छन् ।

अधिकारीहरूले चेतावनीमा जोखिम न्यूनीकरणको सुरक्षित विकल्प निकासी भएको उल्लेख गर्दै अवस्था  धेरै बिग्रन सक्ने र यही बसेमा आपत्कालीन सेवासमेत प्रवाह गर्न नसक्ने तथा  गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएका छन् ।

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ ।

मेलबर्नबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन सहर डेरेलमा लागेको आगोसँग लड्न २० वटा भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ  ।

अधिकारीहरूले शनिबार उत्तरपश्चिम भिक्टोरियामा आगो पूर्ण प्रतिबन्धको घोषणा गरी मुलुकभर सतर्कता अपनाउन सल्लाह दिएका छन् । भिक्टोरियाको धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानका साथ आइतबार अवस्था सहज हुने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*