बर्दिया प्रहरीले हत्या आरोपमा बर्दिया एक पक्राउ

कोल्हवी न्यूज
२०८१ कार्तिक २९, बिहीबार १६:५२

बर्दिया प्रहरीले हत्या आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ। बाँसगढी नगरपालिका–२ का ३७ वर्षीय लक्ष्मण चन्दलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो।

गत असोज २८ गते बाँसगढी नगरपालिका–२ स्थित काटकुवा खोलामा सोही ठाउँका ४८ वर्षीय हरि बहादुर बुढा मगरको शव पानीमा घोप्टो अवस्थामा फेला परेको थियो।

शवको पोष्टमार्टम पश्चात् प्रहरी अनुसन्धानमा जुटेको थियो। गत शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय पोलिग्राफ शाखा भैरहवाबाट प्रहरी अधिकृतसहितको टोली खटे अनुसन्धानको क्रममा खुल्न आएका शंकित व्यक्ति र मृतकको छोरा मनोज बिएमले चन्दको नाममा किटानी जाहेरी दिएकोमा जिल्ला अदालतबाट चन्दको नाममा पक्राउ अनुमति आई सोमबार चन्दलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मोतिपुरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*