पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध साढे २२ किलो चरेशसहित तीन जना पक्राउ

कोल्हवी न्यूज
२०८१ कार्तिक २९, बिहीबार १६:३२

 पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा होटल अगाडीको चालिस फिटे सडकखण्डबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले ना.१५ प ११५६ नम्बरको मोटरसाइकललाई शंकास्पद अवस्थामा देखेपछि चेकजाँचको क्रममा चरेश जस्तो देखिने पदार्थ २२ किलोग्राम ५ सय ग्राम फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनकाअनुसार पक्राउ पर्नेहरुमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ हरिहरपुर बस्ने २९ वर्षीय मकसुद अन्सारी, सोही ठाउँका २० वर्षीय रामलाल सहनी र भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर सामपुर ९ बस्ने २९ वर्षीय मुकेश कुमार रहेका छन् ।

उनीहरुले बोकेको कालो झोला र सेतो प्लाष्टिकको बोराबाट ४५ प्याकेटमा प्रति प्याकेट ५ सय ग्रामका दरले चरेश जस्तो देखिने पदार्थ फेला परेको भारतीले बताए । उनीहरुलाई नियन्त्रणमा लिई लागुओषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको भारतीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*