रौतहटमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
सर्लाहीबाट निजगढतर्फ आउँदै गरेको प्रदेश २-०२-००४ प ७०४९ नम्बरको मोटरसाइकल सडकबाट खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । सर्लाहीको पर्सा गाउँपालिका-६ बस्ने २७ वर्षका साजिद अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका अन्सारीलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो । प्रहरीका अनुसार अन्सारीले चलाएको मोटरसाइकल अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।