कालीकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु

कोल्हवी न्यूज
२०८१ कार्तिक २५, आईतवार १६:१८

कालिकोट जिल्लाको पलाता गाउँपालिका– ३ को राडुकाप्रे खोलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्।

आइतबार दिउँसो साढे २ बजे बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गोबिन्द प्रसाद चौधरीले जानकारी दिए।

घटनास्थल पुगेर प्रहरी उद्धारमा खटिएको चौधरीले बताए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*