चितवनमा इलेक्ट्रिक हायस र बस आपसमा ठोक्किँदा चार जनाको मृत्यु

कोल्हवी न्यूज
२०८१ कार्तिक २३, शुक्रबार ०६:४०

फाइल तस्बिर

चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा शुक्रबार मध्यराति बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

मुग्लिङबाट  नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको   इलेक्ट्रिक  हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको  बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालले जानकारी दिए ।

हायसमा सवार गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी  ४० वर्षकी एक महिला,  अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो ।

सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*