सिरहामा एक युवकको शव फेला

कोल्हवी न्यूज
२०८१ कार्तिक २२, बिहीबार १३:५१

सिरहामा खेतमा एक युवकको शव फेला परेको छ।

लहान नगरपालिका-३ रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालय नजिकै खेतमा एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

लहान नगरपालिका-४ बस्ने १८ वर्षीय मोहम्मद इमरान अन्सारीको शव उक्त विद्यालयको ५० मिटर उत्तरतर्फ रहेको स्थानीय जागेश्वर कामतको खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्र पासमानले जानकारी दिए।

उनका अनुसार मृतक अन्सारीको शरिरमा घाउचोट केहीपनि देखिएको छैन।

खेतमा घोप्टो परेर सुतेको अवस्थामा इमरानका दाई  कलाम अन्सारीले शव देखेका थिए।

मृतक इमरान लागुऔषध सेवनकर्ता रहेको बुझ्न आएको प्रहरीले जनाएको छ। इमरान कसरी खेतमा पुगेको र उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी पासमानले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*