रौतहटको फतुवा- विजयपुर ११ बुटवा राङिमा हात्तिको आक्रमणमा परि एक महिलाको मृत्यु
रौतहट:रौतहटको फतुवा-विजयपुर नगरपालिका -११ मा पर्ने बुटवा खोर राङि गाउमा बिहान हात्तिले आफनै घरमा आक्रमण गर्द्दा ७० बर्षिया पातली माया घिसिङको मृत्यु भएको स्थानिय अजय तिमल्सिनाले कोल्हवी न्युज लाई बताउनु भएको छ।
निज तामाङको बिहानी समयमा घर पुर्ण रुपमा क्षती पुर्याउनुका साथै घर धवस्त पारेको स्थानियको भनाई छ।अहिले घटना स्थल तर्फ ई.प्र.का बिजयपुर र शसस्त्र प्रहरी बेस बिजयपुर रौतहटको टोलि पुगेको खबर प्राप्त भएको छ।
स्मरण रहोस केही दिन अगाडि मात्र हात्तिले बारा कोल्हवी नगर पालिका वडा न.२ का थोकरको घाँस काट्न जाने क्रममा हात्तिले आक्रमण गर्द्दा घटना स्थलमै मृत्य भएको थियो।