जर्मनीले इरानी वाणिज्य दूतावास बन्द गर्ने

कोल्हवी न्यूज
२०८१ कार्तिक १६, शुक्रबार ०७:०० गते

जर्मनमुलका इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्ड दिएको विरोधमा जर्मनीले आफ्नो भूमिमा रहेका तीन वटा इरानी वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ।

जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले जर्मनमुलका इरानी नागरिकलाई मृत्युदण्ड दिएको विरोधमा इरानी वाणिज्य दूतावास बन्द गर्ने जानकारी दिएका हुन।

“हामीले तेहरानलाई पटक–पटक स्पष्ट रुपमा भनिसकेका छौ जर्मन नागरिकको मृत्युदण्डले गम्भीर परिणाम भोग्नुपर्नेछ,” बेयरबोकले फ्रयाङ्कफर्ट, म्युनिख र ह्याम्बर्गमा रहेका वाणिज्य दूतावासहरू बन्द गर्ने घोषणापछि पत्रकारसँगको कुराकानीमा बताए।

चान्सलर ओलाफ स्कोल्जले यसलाई ‘हत्या प्रकरण’ को संज्ञा दिएका छज भने यसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा सङ्कट निम्त्याएको छ।

बेयरबोकले भने, “मध्यपूर्वको पछिल्लो घटनाक्रमको आलोकमा यो हत्या भएको तथ्यले इरानको तानाशाही, अन्यायपूर्ण शासनलाई देखाउँछ। यसले सामान्य कूटनीतिक तर्कअनुसार काम गर्दैन।”

उनले भने, “हाम्रो कुटनीतिक सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो स्तरमा पुगिसकेको पछिल्लो घटनाले पुष्टि गरेको छ।”

विदेश मन्त्रालयका अनुसार बाणिज्य दूताबास बन्दले कूल ३२ कन्सुलर कर्मचारीप्रभावित हुनेछन्।

बेयरबोकले जर्मनीले तेहरानस्थित हाम्रो कूटनीतिक च्यानल र दूतावासलाई निरन्तरता दिने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*