स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

कोल्हवी न्यूज
२०८१ कार्तिक १२, सोमबार १२:५४

फाइल तस्बिर

स्रोत नखुलेको नेपाली रुपैयाँ पाँच लाखसहित एक भारतीय नागरिकलाई प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने व्यक्ति भारतको बिहार, मोतीहारी जिल्लास्थित ढाका थाना अन्तर्गत फूलवरिया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार, आइतबार साँझ चौधरी सीमावर्ती भारतीय बजार बैरगनियाबाट मोटरसाइकलमा गौरतर्फ आइरहेका बेला अस्थायी प्रहरी पोस्ट महादेवपट्टीको टोलीले जाँच गरेको थियो। जाँचका क्रममा उनले बोकेको नाइलनको झोलाबाट पाँच सय दरका नोटहरूमा जम्मा पाँच लाख रुपैयाँ बरामद भएको बताइएको छ।

प्रहरीले चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*