वीरगञ्जबाट नक्कली नोटसहित एक युवक पक्राउ

कोल्हवी न्यूज
२०८१ कार्तिक २, शुक्रबार १५:३१

वीरगञ्जबाट एक जना युवक नक्कली नोटसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २० वर्षीय भारतीय नागरिक रहेको बुझिएको छ । उनको पहिचान भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर वडा नम्बर ४ का कृष्ण कुमार महतोका रूपमा भएको छ ।

महतोलाई बिहीबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डक चेक पोस्टबाट पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाल प्रहरीको आधिकारिक वेबसाइटका अनुसार, वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको बा(प्रदेश-०३-००१ ख २१४७ नम्बरको मिनी बसलाई गण्डक चेक पोस्टमा जाँच गर्ने क्रममा महतोको साथबाट एक हजार दरका ४७ थान नक्कली नोट बरामद भएको थियो ।

यद्यपि, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक भारतीका अनुसार पक्राउ परेको भनिएको नक्कली नोटको दाबी असत्य रहेको छ । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यस घटनासँग सम्बन्धित अन्य विवरण पर्सा प्रहरीले गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*