बाराको कोल्हवीमा हात्तीको आक्रमणमा परि थोकरको मृत्यु,स्थानीय सधै जंगली जनावरको त्रासमा
कोल्हवी:बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं २ स्थित “जोगी कुटी लिक” जंगलमा हात्तिले आक्रमण गर्दा कोल्हवी २ पुरानो काटाका ६३ बर्षिय हस्त बहादुर थोकरको मृत्यु भएको ई. प्र.का कोल्हविका प्रहरी निरीक्षक किसन बस्नेतले जान्कारी दिनु भएको छ।
निजको सब पोस्ट मार्टमका लागि कलैया पठाईएको प्रहरिले बताएको छ।केही दिन अगाडि मात्रा सोही जङल्मा करेन्ट प्रवाह हुदा हात्तिको मृत्यु भएको थियो।
यसरी मानव र जंगली जनावर बिच द्वन्द्व उत्पन्न हुदा जनावर र मानव दुबैको क्षती कोल्हवी नगरपालिकाले ब्य्होरिरहेको छ।यश सम्बन्धी अब स्थानिय निकाय,प्रदेश सरकार र संघीय सरकरले बेलैमा ध्यान नदिने हो भने यस क्षेत्रमा संकट निम्तने बुद्धिजिबी हरुको तर्क छ।
हाल सम्म यस कोल्हवि क्षेत्रमा हात्तीको आक्रमणमा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ।बिहान मृत्युु हुने थोकर घर बाट घाँस लिन १० बजे तिर जङ्गल छिरेका थिए।










