सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणमा भन्सार छलीका कपडा बरामद

कोल्हवी न्यूज
२०८१ आश्विन २३, बुधबार १६:२४

सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित तीन घरमा छापामारी सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढीको कपडा बरामद गरेको हो ।

महानगरपालिकाको नगवास्थित तीन घरमा छापामारी भण्डारण गरी राखिएका भन्सार छलीका सामान बरामद भएको सशस्त्र प्रहरी नायब निरीक्षक सुरज रिजालले बताए । उनका अनुसार सशस्त्र प्रहरीलाई भन्सार छली गरेर सामान राखिएको सूचना आएको थियो । त्यही सूचनालाई पछ्याउँदै जाँदा तीन घरबाट २१ लाख २१ हजार ८ सयको भन्सार छलीका कपडा बरामद भएको उनले बताए ।

तीनवटै घरबाट सशस्त्र प्रहरीले खास गरी सर्टिङ, सुटिङ तथा रेडिमेट कपडाहरू बरामद गरेको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ ।  बरामद सबै सामान थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*