अज्ञात हतियारधारी समुहको खुकुरी प्रहारबाट राैतहटमा एक सुन व्यवसायी गम्भीर घाईते

प्रेमचन्द्र झा
२०८१ आश्विन २३, बुधबार १३:१९

राैतहट:गरुडा बजार बाट घर फर्किने क्रममा अज्ञात हतियारधारी समुहले एक सुन व्यवसायी उपर खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका छन ।

जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेका अनुसार गरुडा र धमाैराको बिचमा सडक अरुद्व बनाई सुन व्यवसायी ३५ वर्षिय दिलिप साह सुनार माथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाईते तुल्याएको हो ।

मंगलबार साझ ०७:३० बजे गढिमाई नगर पालिका वडा नम्बर १ समनपुर निवासी सुन व्यवसयी सुनारको टाउको हातमा खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका छन। सो धटना बारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक घिमिरेले बताए।घटना स्थलबाट एक नाल कटुवा बन्दुक र एउटा खुकुरी बरामद भएको उनले बताए।

घाईते सोनारको बिरगंज स्थित वयोधा अस्पतालमा उपचार भइरहेको र खतरा मुक्त रहेको बुझिएको छ।चाड पर्वको बेला पनि सुरक्षा अवस्था कमजोर देखिएको स्थानीयले आरोप लगाएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*